दफा ३७
तलब भत्ता
(१) कर्मचारीले आफ्नो पदमा बहाली गरेको दिनदेखि तलब र भत्ता पाउने भए भत्ता समेत पाउनेछ ।
(२) कर्मचारीले स्वास्थ्य सेवामा रही काम गरे बापत पाउने तलब भत्ता नेपाल सरकारले समय समयमा तोकिदिए बमोजिम हुनेछ ।
(३) दफा ३९ वा ७३ मा उल्लिखित अवस्थामा बाहेक प्रत्येक कर्मचारीले एक वर्षको सेवा पूरा गरेपछि तोकिए बमोजिमको रकम तलब वृद्धि पाउनेछ । तर यसरी तलब वृद्धि तोकिंदा सम्बन्धित कर्मचारीले खाईपाई आएको रकममा नघट्ने गरी तलब वृद्धि संख्या मिलान गरिनेछ । रोक्का भएको तलब वृद्धि फुकुवा भएकोमा सो तलब वृद्धि कुन मितिदेखि पाउने हो सो कुरा सम्बन्धित अधिकारीले लिखित रूपमा जनाई राख्नु पर्नेछ ।